थाइल्याण्डमा गुफामा फसेका किशोरको उद्धारमा संलग्न उद्धारकर्मीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

थाइल्याण्डमा गुफामा फसेका किशोरको उद्धारमा संलग्न उद्धारकर्मीको मृत्यु

death

एजेन्सी, २२ असार । थाइल्याण्डमा गुफामा फसेका १२ जना किशोरको उद्धारमा संलग्न उद्धारकर्मीको मृत्यु भएको छ ।

गुफामा राहत सामाग्री पुर्याएर फर्किएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । समन राहत सामग्री पुर्याएर फर्किने क्रममा बेहोस भएका थिए । बहोस अवस्थामै समनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । थाइल्याण्डका पूर्वसैनिक समन गुफामा किशोरहरुहरु फसेको थाहा पाएपछि उद्धारकर्मीको टोलीमा सामेल भएका थिए ।

स्थानीय डेपुटी गभर्नर पासाकोर्न बुनयालकले गुफाभित्र पर्याप्त अक्सिजनको अभावमा समनको मृत्यु भएको बताए । उत्तरी थाइल्याण्डको एक गुफामा बाढीका कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई गुफाबाट निकाल्ने प्रयास भइरहेको छ । उनीहरुलाई गुफाबाट निकाल्न चार महिनासम्म लाग्नसक्ने थाइल्याण्डको सेनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);