थाईल्याण्डमा गुफामा फसेका ८ बालकको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

थाईल्याण्डमा गुफामा फसेका ८ बालकको सकुशल उद्धार

thailand gufa

एजेन्सी, २६ असार । उत्तरी थाईल्यान्डको गुफामा दुई सातादेखि फसेका बालकहरूमध्ये आठजनाको सकुशल उद्धार गरिएको छ ।

९० जना गोताखोर सहभागी उद्धार टोलीले चार किलोमिटर लामो गुफामा फसेका १३ जनामध्ये आठ बालकको सकुशल उद्धार गरेको हो । गुफाबाहिर ल्याइएका बालकहरूलाई तत्काल अस्पताल पु¥याएको छ । उद्धार गरिएका बालकको नाम भने सार्वजनिक गरिएको छैन । उद्धार गरिएका बालकको नाम सार्वजनिक गर्दा गुफाभित्र रहेका बालकका अभिभावक थप चिन्तित हुने भएकाले नाम सार्वजनिक नगरिएको थाइल्याण्डको रक्षा मन्त्रालयले जनाएको छ ।

बाँकी चार बालक र उनीहरुका फुटबल प्रशिक्षकको पनि उद्धारको प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गुफाभित्र रहेका पाँचै जनाको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);