टर्कीमा रेल दुर्घटना, १० को मृत्यु, ७२ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टर्कीमा रेल दुर्घटना, १० को मृत्यु, ७२ घाइते

turkey train crash

एजेन्सी, २५ असार । टर्कीमा यात्रुबहाक रेल दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । टर्किको कापिकुल सहरबाट स्थानबुलतर्फ गइरहेको यात्रुवाहक रेल लिकबाट तल झर्दा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त रेल भू–क्षयका कारण दुर्घटना भएको जनाइएको छ । गुडिरहेको रेलको ६ वटा डिब्बा लिकबाट झरेपछि यात्रुहरुले ज्यान जोगाउन गुहार मागेका थिए । दुर्घटनाको केहीबेरपछि उद्धारकर्ताहरु घटनास्थाल पुगी घाइतेहरुलाई अस्पताल पुर्‍याएका थिए । सामान्य चोटपटक लागेका व्यक्तिहरु आ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।

टर्कीका राष्ट्रपति रिचप तैयप यर्दोगानले रेल दुर्घटनामा परी मृत्यु हुनेप्रति समवेदना व्यक्त गरेका छन् । रेल दुर्घटना भएसँगै विशेषज्ञहरुले वर्षयाममा सञ्चालन हुने अन्य रेलको लिग दिनहुँ जाँचपड्ताल गरि मात्र रेलवे सेवा सूचारु गर्न सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);