भारतमा तीव्र गतिमा रहेको रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा तीव्र गतिमा रहेको रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

train accident in india

काठमाडौं, २० माघ । भारतमा बिहारको सहदेई बुजुर्गमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जोगबनीबाट दिल्लीका लागि छुटेको सीमाञ्चल एक्सप्रेसको रेलका डिब्बा आइतबार बिहान लिकबाट बाहिर जाँदा दुर्घटना भएको हो । समाचार संस्था पिटिआई तथा एएनआईका अनुसार हाजीपुर–बछवाडा रेल खण्डको महनार र सहदोई स्टेशनको बिचमा दुर्घटना भएको हो । दुर्घटनामा धेरै यात्रु घाइते भएका छन् ।

पिटिआईले पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारलाई उद्धृत गर्दै बिहान करिब चार बजेतिर भएको दुर्घटनामा रेलका ९ वटा डिब्बा लिकबाट बाहिर गएको जनाएको छ । उनले एएनआईसँग पनि अहिलेसम्म ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । तीव्र गतिमा रहेका बेला रेल दुर्घटनामा परेको हो । अहिले डाक्टरसहितको उद्धार टोली घटनास्थलमा रहेको उनले जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);