इजिप्टको क्वालेबिया प्रान्तमा रेल दुर्घटना, ११ जनाको मृत्यु, ९८ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

इजिप्टको क्वालेबिया प्रान्तमा रेल दुर्घटना, ११ जनाको मृत्यु, ९८ घाइते

एजेन्सी । इजिप्टमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

राजधानी कायरोकोबाट उत्तरमा रहेको क्वालेबिया प्रान्तको नाइल डेल्टा शहरका लागि छुटेको रेल दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य ९८ जना घाइते भएको बताइएको छ ।

रेल अनियन्त्रित भई लिक बाहिर जाँदा दुर्घटनामा परेको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्दत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । चारवटा डिब्बा भएको रेल दुर्घटना हुँदा अधिकांश यात्रुहरु उछिट्टिएर घाइते भएको बताइएको छ ।

यस्तै गत मार्च महिनामा भएको रेल दुर्घटनामा पनि २० जनाको मृत्यु भएको थियो भने सन् २००१ मा भएको रेल दुर्घटनामा ३ सय ७० जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);