साउदी अरेबिया र इरानका अधिकारीबीच ६ वर्षपछि भेट | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

साउदी अरेबिया र इरानका अधिकारीबीच ६ वर्षपछि भेट

एजेन्सी । पश्चिम एशियाका दुई परम्परागत दुश्मन राष्ट्र साउदी अरेबिया र ईरानका अधिकारीहरु बिच ६ बर्षपछि पहिलो पटक सोझो भेट भएको छ । साउदी अरेबिया र ईरानका उच्च अधिकारीहरुबिच ईराकको राजधानी बग्दादमा हालै भेट भएको समाचार बाहिरिएको हो ।

यो भेटसँगै एक अर्काका कट्टर शत्रुका रुपमा रहेका यि दुबै देशबिचको सम्बन्धमा सुधार आउने संकेत मिलेको पनि बताइएको छ । पश्चिम एशियाको भुराजनीतिमा अहम् प्रभाव छाड्ने यी दुबै मुलुकले ६ बर्ष अघि एक आपसमा रहेको राजनैतिक सम्बन्ध तोडेको घोषणासँगै दुबैको सम्बन्ध कटुतापुर्ण रहँदै आएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले पश्चिम एशियामा रहेको तनावपुर्ण घटनामा कमी ल्याउन भन्दै ईरानसँग परमाणु सम्झौताका बिषयलाई लिएर पुनः वार्ता अगाडि बढाउने घोषणासँगै सउदी अरब र ईरानका उच्च अधिकारीहरु बिच भइको यो भेटघाटलाई अर्थपुर्ण दृष्टिले हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);