भारतमा संक्रमित संख्या दैनिक उच्च, एकैदिन संक्रमित हुनेको संख्या २ लाख ७३ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा संक्रमित संख्या दैनिक उच्च, एकैदिन संक्रमित हुनेको संख्या २ लाख ७३ हजार नाघ्यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ८ सय १० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ लाख ५६हजार १ सय ३३ पीसीआर परीक्षणमध्ये दुई लाख ७३ हजार ८ सय १० मा संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस

भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या १५०० पुग्यो
भारतमा संक्रमणका कारण एकैदिन १३४१ को मृत्यु, २ लाख ३४ हजारभन्दा धेरै संक्रमित

योसँगै भारतमा संक्रमित हुनेको संख्या एक करोड ५० लाख ५७ हजार ७ सय ६७ पुगेको छ । उच्च संक्रमित संख्याको आधारमा भारत विश्वमा अमेरिकापछि दोश्रो स्थानमा रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६ सय १९ को मृत्यु भएको छ । भारतमा हालसम्म एक लाख ७८ हजार ७ सय ६९ ले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

भारतमा हाल १९ लाख २९ हजार ३ सय २९ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने एक लाख ४४ हजार १ सय ७८ रहेको छ । योसँगै भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या एक करोड २९ लाख ५३ हजार ८ सय २१ पुगेको छ ।

भारतमा हालसम्म १२ करोड ३८ लाख ५२ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

यसैबीच बढ्दो कोरोना जोखिमलाई मध्येनजर गर्दै हङकङले भारतबाट आउनेहरुलाई रोक लगाएको छ । हङकङले भारतका साथै पाकिस्तान फिलिपिन्सबाट आउनेहरुलाई समेत रोक लगाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);