ग्रीसमा दुई रेल एकापसमा ठोक्किदा १६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ग्रीसमा दुई रेल एकापसमा ठोक्किदा १६ जनाको मृत्यु

एजेन्सी । ग्रीसमा मंगलबार राति दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्य ग्रीसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएको छ । यात्रुवाहक रेलमा करिब ३५० जना सवार थिए, जसमध्ये २५० जनालाई सकुशल बाहिर निकालिएको छ । दुर्घटना कसको गल्तीले भएको हो भन्ने खुल्न सकेको छैन ।

मंगलबार एउटा यात्रुवाहक रेल एथेन्सबाट थेसालोनिकी जाँदै थियो। सामान ट्रेन थेसालोनिकीबाट लारिसा जाँदै थियो। ठक्कर यति बलियो थियो कि यात्रुवाहक रेलका सुरुका ४ डिब्बा पटरीबाट खसेका थिए । जबकि २ वटा डिब्बा पूर्ण रुपमा ध्वस्त भएका छन् । ठोक्किएपछि रेलमा आगो लागेको थियो । दमकलले घटनास्थल पुगेर मानिसहरुको उद्धार गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);