राप्ती नदीमा फसेका चार जनाको १२ घण्टापछि सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राप्ती नदीमा फसेका चार जनाको १२ घण्टापछि सकुशल उद्धार

ओमप्रकाश गुप्ता,
दाङ । राप्ती नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको सकुशल उद्धार भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेला घाटमा फसेकाहरुको उद्धार गरेको हो ।

दाङको लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको झण्डै १२ घण्टापछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन् । लगत्तै उद्धारको प्रयास सुरु भयो’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो । तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);