नदीको बीच भागमा फसेका ५ जनाको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नदीको बीच भागमा फसेका ५ जनाको सकुशल उद्धार

काठमाडौं । नदीमा एक्कासी बढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले साउन ९ गते सकुशल उद्धार गरेको छ ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीचमा भागमा मान्छे फसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट टोली खटिएको थियो ।
नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ बर्षिय जनक घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ बर्षिय मिनमहादुर गाहालाईपनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल उद्धार गर्न सफल भएको हो ।
यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही गाउँपालिका ६ का २६ बर्षिय अबदेश पाल, २० बर्षिय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथै नम्बर २७ गण रुपन्देहीबाट टोली परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो । यसैगरी सोही जिल्लाको बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ ।
नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);