कमला नदीमा फसेका ९ जनाको शकुसल उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कमला नदीमा फसेका ९ जनाको शकुसल उद्धार

apf udhar

धनुषा, २८ असार । सशस्त्र प्रहरीले महोत्तरीको कमला नदीमा फसेका ९ जनाको शकुसल उद्धार गरेको छ । सशस्त्र प्रहरीको महोत्तरी २ नम्बर बाहिनीबाट परिचालित क्षेत्रिय विपद् व्यवस्थापन टिमले शनिबार विहान धनुषाको शहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्धार गरेको हो ।

टोलीले शहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका ७, हसमुढा सखलास्थित कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।

टोलीले महोत्तरी बर्दिबास नगरपालिका १ बजार क्षेत्र स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा कटान गरेकोमा पानीलाई पूर्ववत फर्काई कटान नियन्त्रण पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);