कपिलवस्तुमा राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण दर्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुमा राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण दर्ता सुरु

kapilvastu rastriya parichayapatra

कपिलवस्तु,  २८ असार । परिचयपत्र वितरणको अभियात अन्तर्गत कपिलवस्तुमा परिचयपत्रको लागि विवरण दर्ता शुरु भएको छ । “एक नागरिक, एक पृथक परिचय नम्बर सहितको परिचयपत्र” भन्ने अवधारणा सहित १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शूरु गर्न लागिएको हो ।

प्रदेश ५ को कपिलवस्तु र गुल्मीमा शुरु गरिएको परिचयपत्र वितरणको अभियानका लागि विवरण दर्ता अगाडी बढाईएको हो । हालका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छ वटा सुबिधा सम्पन्न बिवरण दर्ता केन्द्र सञ्चालन गरी कर्मचारीको व्यवस्था गरिएको छ ।

कपिलवस्तु सहित देशभरका १५ जिल्लामा शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण अभियानलाई तिब्रता दिईने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बायोमेट्रिक स्मार्टकार्डको राष्ट्रिय परिचयपत्रका लागि जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, उपप्रमुख तारावती चौधरी, कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता लगायतको बिवरण दर्ता गरी कार्यक्रम शुरुवात गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);