बेलायतमा २४ घण्टाभित्र दुई मन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतमा २४ घण्टाभित्र दुई मन्त्रीको राजीनामा

mantri rajinama

एजेन्सी, २६ असार । बेलायतमा २४ घण्टाको अवधिमा दुई मन्त्रीले राजीनामा दिएका छन् ।

बेलायतले युरोपेली संघ (इयु) छोडेपछि पनि इयुसँग निकट व्यापार सम्बन्ध राख्ने प्रधानमन्त्री थेरेसा मेको योजनाप्रति असहमति जनाउँदै दुई वरिष्ठ मन्त्रीले राजीनामा दिएका हुन् । ब्रेक्जिट सम्बन्धी मन्त्री डेभिड डेभिसको राजीनामा आएको २४ घण्टा नहुँदै विदेशमन्त्री बरिस जोनसनले राजीनामा दिएका छन् । जोनसनले प्रधानमन्त्री मेको योजनाले देशलाई उपनिवेशको हैसियतमा पु¥याउने बताएका छन् ।

बेलायतले सन् २०१९ को मार्चमा इयु छोड्दैछ तर त्यसपछि व्यापारबारे के गर्ने भन्नेमा चाहिँ दुवै पक्षबीच सहमति हुन बाँकी छ । प्रधानमन्त्री मेले बरिसको स्थानमा स्वास्थ्यमन्त्री जेरेमी हन्टलाई विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् । कन्र्जभेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री मेले तत्कालै चुनौतीको सामना गर्नुपर्ने बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);