ब्रेक्जिट प्रक्रिया व्यवस्थित पार्ने प्रधानमन्त्री टेरिजा मेको अन्तिम मौका विफल, चुनाव गराउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ब्रेक्जिट प्रक्रिया व्यवस्थित पार्ने प्रधानमन्त्री टेरिजा मेको अन्तिम मौका विफल, चुनाव गराउन माग

terija me

काठमाडौं, १६ चैत । बेलायतले युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने प्रधानमन्त्री टेरिजा मेको अन्तिम भनिएको मौका पनि विफल भएको छ ।

सरकारले संसद्मा प्रस्तुत गरेको त्यस बारेको प्रस्तावलाई ३ सय ४४ जना सांसदले अस्वीकृत गरि दिएका हुन् । प्रस्तावको पक्षमा २८६ सांसद उभिएका थिए । यससँगै ब्रेक्जिट प्रक्रियालाई २२ मेसम्म लम्ब्याउने प्रधानमन्त्रीको प्रयासमा ठेस पुगेको छ । आफ्नो प्रस्ताव तुहिएसँगै प्रधानमन्त्री मेले यो मतदानको नतिजा धेरै नै खतरनाक र अब बेलायत १२ अप्रिलमा युरोपेली संघबाट बाहिरिनै पर्ने कानुनी बाध्यता हुने बताएकी छन् ।

यसले गर्दा कुनै पनि सम्झौताविना यूरोपेली संघबाट बाहिरिनबाट बच्न बेलायतले कानुन बनाउन अब उ सँग खासै समय नरहने बताइएको छ । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेले राजीनामा दिनुपर्ने बताउँदै तत्काल चुनाव गराउन माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);