बंगलादेशको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बंगलादेशको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुग्यो

एजेन्सी, १५ चैत । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बिहीवार भएको आगलागीमा परेर अहीलेसम्म २५ जनाको मृत्यु भएको बंगलादेश प्रहरीले जनाएको छ ।

शुक्रवार पनि अग्नि नियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरेको जनाइएको छ । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, र कामदारहरु कार्यरत रहेका थिए ।

प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ । आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले बाहिर निस्केका थिए भने केहीले झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए ।

आगलागीमा परेर घाइते भएका ७० जनाभन्दा बढी व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको जनाइएको छ । गत महिना पनि ढाकाको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो ।

त्यसैगरी सन २०१०मा राजधानी ढाका नजिकैको निम्तोलीमा भएको आगलागीमा परी १सय २३ जनाको मृत्यु भएको थियो । सन २०१२ मा पनि ढाकाको एक नौ तल्ले तयारी पोशाक कारखानामा आगलागी हुँदा १सय ११ जना कामदारको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);