अमेरिकी रक्षामन्त्री जिम म्याटिसद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकी रक्षामन्त्री जिम म्याटिसद्वारा पदबाट राजीनामा

एजेन्सी, ६ पुस । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् । सिरिया लगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् । म्याटिस आगामी फेव्रुअरीबाट सेवानिवृत्त हुनेछन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ ।

ट्रम्पले सिरियामा आईएस विरुद्धको लडाईं समाप्त भएको घोषणा गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने बताएका छन् । ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा ठुलो असर पर्ने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);