अमेरिकाद्वारा उत्तर कोरियालाई आफूसँग निहुँ नखोज्न चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साउन २६ , काठमाण्डौँ । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले आफ्नो विनासको बाटो आफैं नबनाउन उत्तर कोरियालाई चेतावनी दिनुभएको छ ।

रक्षामन्त्री म्याटिसले उत्तर कोरियाले गरिरहेका पछिल्ला गतिविधि उसकै लागि घातक हुनसक्ने चेतावनी दिनुभयो । उहाँले उत्तर कोरियाले हालका गतिविधि कायमै राखे उसको शासनसत्ता पतन भइ देश नै विनास हुन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आगो तथा आक्रोशसँग खेलिरहेको र यो उसका लागि घातक हुने चेतावनी दिएको भोलिपल्टै रक्षामन्त्री म्याटिसको चेतावनी आएको हो । रक्षामन्त्री म्याटिसले युद्धको अवस्था आएमा अमेरिका र अमेरिकाका सहयोगीसँग उत्तर कोरियाले संघर्ष गर्न नसक्ने बताउनुभयो । एक महिनाको अवधिमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाले अमेरिकाका सबै मुख्य क्षेत्रमा आफूले आक्रमण गर्न सक्ने बताएपछि दुई देशबीच तनाव बढेको छ ।

 

अझ उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);