ट्रम्पविरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियालाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ट्रम्पविरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियालाई अमेरिकी उपराष्ट्रपतिको चेतावनी

mike priencess us

काठमाडौं, ८ जेठ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पविरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती हुने बताए । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किमबीच आगामी जुन १२ मा शिखर वार्ता तय गरिएका बेला पेन्सको यो अभिव्यक्ति आएको हो । पेन्सले राष्ट्रपति ट्रम्पले जुन १२ को शिखर वार्ता वहिष्कार गर्न सक्ने पनि बताए ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जोन बोल्टनको प्रतिक्रिया पछि उत्तर कोरियाले वार्तामा नबस्ने चेतावनी दिएको छ । बोल्टनले निःसस्त्रीकरणका लागि लिबिया मोडल अपनाउन सुझाव दिएपछि उत्तर कोरिया आक्रोशित बनेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);