अमेरिकाले उत्तर कोरियालाई भन्यो हामी - कहिल्यै ... सम्पन्न राष्ट्र मान्दैनौँ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार
एजेन्सी, ११ कार्तिक । रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो मुलुक अमेरिकाले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा कहिल्यै स्वीकार नगर्ने बताएका छन्। सोलमा दक्षिण कोरियाका अधिकारीहरुसँगको भेटवार्ता पछि रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियालाई कहिल्यै पनि परमाणु शक्ति सम्पन्न देश मान्न तयार नहुने बताएका हुन्।
उनले प्योङपाङका परमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमले उसको सुरक्षालाई बलियो नभई कमजोर तुल्याउने दाबी समेत गरे। रक्षामन्त्री म्याटिसले उत्तर कोरियाली संकटको वाशिङटनले कूटनीतिक हल खोजेको दोहोर्‍याए।
तर यदि उत्तर कोरियाले अझै अमेरिका र अमेरिकाका साझेदार मुलुकमा परमाणु परिक्षण गरेको पाइएमा आँफु चुप लागेर नबस्ने र जवाफमा कडा र व्यापक सैन्य कार्वाही गर्ने समेत चेतावनी दिएका छन्।
एक हप्ताअघि मात्रै एकजना उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सन हीले उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न राष्ट्रका रुपमा स्वीकार्न अमेरिका तयार हुनुपर्नेु बताएकी थिइन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);