३० जनालाई जानाजान एचआइभी सार्ने व्यक्तिलाई अदालतले सुनायो यस्तो सजाय | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

एजेन्सी, ११ कार्तिक। इटालीको एक अदालतले जानाजान ३० महिलालाई एचआइभी सारेको अभियोगमा एक पुरुषलाई २४ वर्ष जेल सजाय सुनाएको छ।

सन् २००६ मा एचआइभी लागेको थाहा पाएपछि भ्यालेन्टिनो टालुटो नाम गरेका पुरुषले कम्तिमा ५३ जना महिलासँग असुरक्षित ढंगले शारीरिक सम्बन्ध राखेको र जसमध्ये ३० जनालाई एचआइभी सरेको बताइएको छ।
ती मध्ये एक जना १४ वर्षीय किशोरी रहेकी छन् ।

तर पेशाले लेखापाल रहेका टालुटोले आफुलाई एचआइभी लागेको थाहा नभएको र जानाजान उक्त सम्बन्ध स्थापित नगरेको बताएका छन्। उनले आफु माथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।