सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकाको संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकाको संकेत

एजेन्सी, ६ माघ । अमेरिकाले आफ्नो सुरक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्नमा केन्द्रीत गर्ने बताए । रक्षामन्त्री म्याटिसले वासिङ्टनमा गरिएको एक कार्यक्रममा अमेरिकी सुरक्षाका लागि रुस र चीन बढ्ता खतरा भएर आएको भन्दै सेनाको क्षमता विकास गर्ने बताए ।

उनले सेनालाई पर्याप्त बजेट विनियोजन गर्न संसद्लाई अपीलसमेत गरे । उनले सेनाको बजेट कटौती गर्न नहुने बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष सुरक्षा बजेट १० प्रतिशत वृद्धि गर्ने चाहना राखेका छन् । ट्रम्पले त्यसका लागि अरु मुलुकलाई दिइने गरेको रकम कटौती गर्नसमेत तयार रहेको
बताएका छन् ।

अफगानिस्तान, इराक र सिरियामा चरमपन्थी विरोधी अभियान सञ्चालन गर्दै आएको अमेरिकाले अहिले चरमपन्थीविरुद्ध लड्न ठूलो बजेट खर्च गर्दै आएको छ । सेनाको बजेट थप गर्ने राष्ट्रपति ट्रम्पको चाहनालाई अमेरिकी सुरक्षा नीतिमा परिवर्तनको संकेतका रुपमा लिइएको छ । रक्षामन्त्री म्याटिसले कुनै पनि मुलुकले अमेरिकाको लोकतान्त्रिक प्रक्रियाका बारेमा चिन्ता लिन आवश्यक नरहेको भन्दै अमेरिकालाई चुनौती दिनेका खराव दिन शुरु हुने चेतावनी समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);