उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न सहमति पनि जनाएको छ ।

एजेन्सी, ५ माघ । चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ ।

शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् । उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्याण्डका अधिकारीहरु हुन् । फेब्रुअरीमा हुन लागेको सो खेलकूदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिनका लागि उनीहरु त्यहाँ जान लागेका बताइएको छ ।

उत्तर कोरियाली एकजना संगीतकर्मी महिला हियोन सङ उलको नेतृत्वमा शनिबार एक दर्जन भन्दा बढी महिला दक्षिण कोरिया जाने तयारीमा रहेका छन् । उनीहरुले उक्त खेलकूदको समयमा पश्चिमाहरुको जस्तै संगीत देखाउने बताइएको छ । यसका लागि उनीहरुले उत्तर कोरियामा नै लामो समयदेखि तयारी गरिरहेका थिए ।

चार वर्ष पहिला उत्तर कोरियाले कुनै पनि महिला अधिकारीले उत्तर कोरिया सरकारको अनुमतिबिना दक्षिण कोरियाको भ्रमणमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।  आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने भएका बताइएको छ । उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने र त्यसमा खेलाडीलाई हौसला प्रदान गर्ने समूह (हौसाउने व्यक्ति) पनि त्यहाँ जान लागेको भएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढीभन्दा बढी खेलाडी र अधिकारी पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);