अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

एजेन्सी, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ ।

७२ वर्षीय रोबर्ट ट्रम्पको आइतबार बिहान मृत्यु भएको हो ।

बीबीसीका अनुसार उनको मृत्युको कारण भने खुलाइएको छैन । मृत्युलाई लिएर राष्ट्रपति ट्रम्पले रोबर्ट मेरो भाइ मात्र नभएर सबैभन्दा मिल्ने साथी रहेको प्रतिकृया दिनुभएको छ ।

शनिबार मात्रै ट्रम्पले विज्ञप्ती जारी गर्दै भाइलाई भेट्न आफु न्यूयोर्कस्थित एक अस्पतालमा पुगेको र रोबर्ट निकै अप्ठ्यारो परिस्थितिसँग जुधेको बताउनुभएको थियो ।

रोबर्ट ट्रम्प डोनाल्ड ट्रम्पको घर जग्गा लगानीहरूको व्यवस्थापनका काम गर्दै आउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);