दिल्लीमा विधानसभा चुनाव सम्पन्न, ५८ प्रतिशत मत खस्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दिल्लीमा विधानसभा चुनाव सम्पन्न, ५८ प्रतिशत मत खस्याे

एजेन्सी, २५ माघ । भारतको राजधानी नयाँ दिल्लीमा आज विधानसभाका ७० सिटका लागि मतदान भएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

अरविन्द केजरीवालको आम आदमी पार्टीको सत्ता रहेको दिल्लीमा करिव एक करोड ५० लाख मतदाता रहेकोमा शनिबार करिब ५८ प्रतिशत मत खसेको बताइएको छ ।

केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी भाजपाले अरु राज्यमा जस्तै दिल्लीमा पनि राष्ट्रियताको मुद्दालाई आफ्नो चुनावी अभियानको केन्द्रमा राखेकाले आम आदमी र भाजपाबीच उच्च प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

दिल्लीको विकासलाई केन्द्रमा राख्ने प्रयास गरेको आम आदमी पार्टीले भने भाजपामाथि चुनावी अभियानको क्रममा आक्रमक रणनीति लिएको थियो । विधानसभाको नतिजा आउँदो मंगलबार सार्वजनिक हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);