थाइल्याण्डमा सैनिकले अन्धाधुन्द गोली चलाउँदा २१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थाइल्याण्डमा सैनिकले अन्धाधुन्द गोली चलाउँदा २१ जनाको मृत्यु

thai soldier shooting

एजेन्सी, २६ माघ । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा मृत्यु हुनेको संख्या २१ पुगेको छ । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेका थिए । त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । अन्धाधुन्ध गोली चलाएर २१ जनाको ज्यान लिने सैनिक जंकराफंथ थोमालाई त्यहाँको सशस्त्र बलले मारेको छ ।

थाइल्यान्ड प्रहरीका अनुसार जंकराफंथ थोमा लाई नाखोन रातचासिमा सहरमा गोली हानि मारिएको हो । आक्रमण गर्नुअघि ती सैनिकले आफूले पेस्तोल बोकेको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);