दिल्लीमा आम आदमी पार्टीले दोस्रो पटक सरकार बनाउने निश्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दिल्लीमा आम आदमी पार्टीले दोस्रो पटक सरकार बनाउने निश्चित

एजेन्सी, २८ माघ । भारतको दिल्ली बिधानसभा निर्वाचनको मतगणनामा आम आद्मी पार्टी विजयी भएको छ । दिल्ली विधानसभा चुनावको अन्तिम मतपरिणामअनुसार आम आदमी पार्टीले ७० सिटमध्ये ६१ सिट जितिसकेको छ भने १ सिटमा अग्रता बनाएको छ ।

भारतीय जनता पार्टी भाजपाले ६ सिट जितेको छ भने २ स्थानमा अगाडि छ । भारतीय कांग्रेस पार्टी भने एक सिट पनि जित्न सकेन । दिल्ली विधानसभाको निर्वाचन यही फेब्रअरी ८ मा भएको थियो ।

मतगणनामा आम आद्मीले अग्रता लिएसंगै उसले फेरी एकपटक बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ । पछिल्ला ५ वर्षमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ।

त्यसको फाइदा उसलाई यो चुनावमा पुगेको बिश्लेषण गरिएको छ । सन् २०१५ को चुनावमा ३ सिटमा समेटिएको भाजपाले यस पटक केही सुधार गरे पनि उसले दाबी गरेअनुसारको मत भने प्राप्त गर्न सकेन ।

२२ वर्षपछि दिल्लीको सत्तामा फर्कने सपना देखेको भाजपा यस पटक पनि पूरा नहुने पक्का भएको छ । २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७०मध्ये ६७ सिटमा जित हात पारेको थियो। भाजपाले तीन सिटमा जित हात पार्दा कांग्रेस भने खाली हात भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);