मोदीको जादू भारतमा कायमै, गृहराज्य गुजरातमा दुई तिहाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोदीको जादू भारतमा कायमै, गृहराज्य गुजरातमा दुई तिहाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

एजेन्सी, २३ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले दुई तिहाई सिट जितेको छ । मतगणना अनुसार कुल १८२ सिटमा भाजपाले १५६ सिट जितेको छ ।

कँग्रेस आईले गुजरातमा १७ सिट जितेको छ । आम आदमी पार्टीले पनि उपस्थिति देखाएको छ । उसले ५ सिट जित्दा अन्यले ४ सिट जितेका छन् । गुजरातको चुनावलाई मोदीको परीक्षाका रुपमा लिइएको थियो । यसले दुई कार्यकाल पूरा गर्न लागेका मोदीको जादू कायमै रहेको देखिएको छ ।

हिमाञ्चल प्रदेशमा भने भाजपा प्रतिपक्षमा पुगेको छ । त्यहाँ कँग्रेस आईले ४० सिट जितेर स्पष्ट बहुमत ल्याएको छ । भाजपाको २५ र अन्यको ३ सिट छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);