भारतको गुजरातमा छैटौं पटक बन्यो भाजपाको सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतको गुजरातमा छैटौं पटक बन्यो भाजपाको सरकार

 गुजरात विधानसभा चुनावमा ९९ सिट जितेको भारतीय जनता पार्टीले राज्यमा लगातार छैटौं पटक सरकार बनाएको छ ।

विजय रुपाणीलाई मुख्यमन्त्री र नितिन पटेललाई उपमुख्यमन्त्री चयन गरिएको छ । दुई पटक गुजरात भाजपाको अध्यक्ष भइसकेका आरसी फलदू, भुपेन्द्र सिंह चुडासमा, कौशिक, जमनादास पटेल लगायत मन्त्री बनेका छन् ।

सपथ ग्रहणमा सहभागी हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह गान्धीनगर पुगेका थिए । सपथ ग्रहण समारोहमा तीन मञ्च बनाइएको थियो, जसमध्ये एकमा साधुहरु मात्र थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);