मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने मुस्लिम नेताको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने मुस्लिम नेताको दाबी

एजेन्सी,१९ मंसिर । तीन राज्यमा भाजपाले बहुमत ल्याएपछि अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) का अध्यक्ष बद्रुद्दीन अजमलको स्वर फेरिएको छ । उनले तीन राज्यको विधानसभा चुनावमा भाजपाको जितले नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने प्रमाणित भएको बताए ।

नतिजामा प्रतिक्रिया दिँदै अजमलले सोमबार मिडियालाई भने उनले राज्य चुनावमा बीजेपीले राम्रो प्रदर्शन गर्ने आशा गरेका थिएनन । उनले भने,“म कांग्रेसले कम्तीमा तीन राज्य जित्छ भन्ने सोचेको थिएँ, नतिजा हेर्दा नरेन्द्र मोदी तेस्रो पटक देशको प्रधानमन्त्री बन्ने स्पष्ट हुन्छ।“

अजमलले असम कांग्रेसका अध्यक्ष भूपेन बोराको पनि आलोचना गर्दै भने, “उनीमा असममा पार्टीको नेतृत्व गर्ने क्षमता छैन। उनले तुरुन्तै आफ्नो पदबाट राजीनामा दिनुपर्छ।“ अजमलले कांग्रेस पार्टीका राज्य नेताहरूले भाजपाको इशारामा काम गरेको आरोप लगाए । अजमलले भने,“असममा कांग्रेस पार्टी बीजेपीको ए टीम बनेको छ ।“

Leave a Reply

ताजा समाचार