नयाँ सरकारसँग निकट हुने भारतीय चाहना ! | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

नयाँ सरकारसँग निकट हुने भारतीय चाहना !

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ट सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ईच्छुक रहेको सन्देश दिएकी छिन ।

virataiya

काठमाडौं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ट सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ईच्छुक रहेको सन्देश दिएकी छिन । प्रतिनिधिसभा चुनावमा करिब दुईतिहाई स्थानमा जितेको वामपन्थी गठबन्धनको प्रमुख दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा भारतीय विदेशमन्त्री स्वराजले नयाँ सरकारसँग निकट रहेर काम गर्ने बताएकी हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको विशेष दुतका रुपमा विहीबार अपराह्न काठमाडौं आएकी स्वराजले अध्यक्ष ओलीसहितका नेतासँग राजधानीको सोल्टी होटलमा भएको भुटमा नयाँ जनादेशप्रति दिल्ली सन्तुष्ट रहेको बताएकी छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।