सुष्माको भ्रमण कुटनीतिक र राजनीतिक रुपमा उपयुक्त भएन : पम्फा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुष्माको भ्रमण कुटनीतिक र राजनीतिक रुपमा उपयुक्त भएन : पम्फा

pampha bhusal

काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको टिप्पणी गरेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काम चलाउ सरकार रहेको अवस्थामा भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रुपमा उपयुक्त नरहेको प्रतिक्रिया दिएकी छन् ।

प्रवक्ता भुसालले निर्वाचनपछि नयाँ सरकार समेत नबनेको अवस्थामा छिमेकबाट उच्चस्तरीय भ्रमण हुनु स्वभाविकै भएपनि राजनीतिक तथा कुटनीतिक रुपमा भने उपयुक्त हुन नसक्ने बताइन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि ‘वान टु वान’ वार्ता गरेकी थिइन् ।

नयाँ सरकारसँग सहकार्य गरेर अघि बढ्ने सन्देश दिने उद्देश्यका साथ भएको भारतीय विदेश मन्त्री स्वराजको भ्रमण उपयुक्त समयमा नभएको कुटनीतिक वृतमा पनि चर्चा हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);