भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न

काठमाडौं, २५ असोज ||

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले छिमेकी देशका प्रधानमन्त्री बिना जानकारी नेपाली भुमिमा आउँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भुमिमा बिना जानकारी आउँदापनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताउनुभएको हो । उहाँले यसमा सरकारको नालायकीपन देखिएको बताउनु भयो । सरकार विदेशी प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा समेत लाचार भएको बताउनु भयो । उहाँले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशमा सरकारमा जानु नहुने पक्षमा रहेको बताउनु भयो ।

नेकपा(एमाले)का सांसद ठाकुर गैरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मर्यादालाई उल्लंघन गरेर नेपाली भुमि कालापानी क्षेत्रको भ्रमण गरेको बताउनु भयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीले सामान्य शिष्टाचार र कुटनीतिक मर्यादा विपरित कालापानी क्षेत्रको भ्रमण गरेको बताउनुभएको हो । उहाँले मोदीको यसप्रकारको भ्रमणलाई सही भन्न नसकिने बताउनु भयो । उहाँले भारतीय प्रधानमन्त्रीको भ्रमण नेपाल भारत सम्बन्धको विपरित रहेको बताउनु भयो । उहाँले कालापानी नेपाली भुमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले कुटनीतिक सक्रियता र भुमिकालाई बढाउनु जरुरी रहेको बताउनु भयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी क्षेत्रमा आएको कुरालाई उल्लेख गर्दै यसले छिमेकी देशलाई विश्वासमा लिदै कुटनीतिक सक्रियता बढाउनु जरुरी देखिएको बताउनु भयो । उहाँले बरोजगारीका कारण युवाहरुमा असन्तुष्टि र निराशा बढेको भन्दै रोजगारी सिर्जना गर्न नीति निर्माणको तहबाट आफूहरु भुमिका खेल्न तयार रहेको बताउनु भयो । उहाँले कोशी प्रदेशमा देखिएका समस्या नयाँ मुख्यमन्त्री निर्वाचित भएसँगै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महाकाल क्षेत्रको भ्रमण औपचारिक भ्रमण नभएकाले चासो लिनुपर्ने आवश्यकता नभएको बताउनु भयो । उहाँले राजकीय भ्रमणका रुपमा नेपाली भुमिमा आएको भए सम्मान र सत्कार गर्नुपर्ने भन्दै उहाँले व्यक्तिगत भ्रमणका बारेमा जानकारी गराउनु नगराउनु उनीहरुकै कुरा भएको बताउनुभयो । उहाँले नेपाल–भारत बीचमा रहेका समस्याहरुलाई कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने पनि बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी सातै प्रदेश सरकार र संघीय सरकारमा पनि आउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);