नेपाल ‘हिन्दूराष्ट्र’ बनाउनुपर्छ भन्ने विदेशीहरूलाई नेपालको चिन्ता नलिन प्रचण्डको आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

नेपाल ‘हिन्दूराष्ट्र’ बनाउनुपर्छ भन्ने विदेशीहरूलाई नेपालको चिन्ता नलिन प्रचण्डको आग्रह

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्री सम्बन्धमा अध्ययन गरी यसले नेपालको राजस्व लगायतका क्षेत्रमा पार्ने प्रभावबारे जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।

एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री ‘प्रचण्डले गम्भीर चासो व्यक्त गर्नुहुँदै यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको तथा शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको कुराको शीघ्र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । मलेसियन कम्पनी ‘आजियटा ग्रुपले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यवसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन् ।

यसअघि सम्पादकहरूसँगको कुराकानीका प्रधानमन्त्री प्रचण्डले सरकारको सहमतिबिना निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर किनबेच हुन नसक्ने दाबी गर्नुभयो । १ सय ३० अर्बको परियोजना ६ अर्बमा बेच्न क्रेता र बिक्रेता मिलिसक्यौँ भनेर भन्न नपाइने उहाँको तर्क छ । अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले संविधानमा लेखिएको धर्मनिरपेक्षताको विषय नचलाइलिने भन्दै ‘हिन्दूराष्ट्र’ बनाउनुपर्छ भन्ने विदेशीहरूलाई नेपालको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो ।

जनतामा पुग्न ढिला भएकाले भ्याकुम सिर्जना भएको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध जारी भएको पक्राउ पुर्जी गलत भएको टिप्पणी पनि गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);