पेरुमा पूर्वराष्ट्रपतिलाई क्षमादान दिएपछी विरोधमा प्रदर्शन चर्कियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एजेन्सी, ११ पुष ।  पेरुका राष्ट्रपति पेड्रो पाब्लोले विभिन्न अभियोग लागेका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीलाई स्वास्थ्यको कारण क्षमादान दिएपछी पेरुमा प्रदर्शन चर्किएको छ ।

पेरुका नागरिकले लगातार दोश्रो दिन पनि राजधानी लिमामा प्रदर्शन गरेका छन् । क्रिशमसको पूर्व सन्ध्यामा पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुस्जेन्सकीले फुजिमोरीलाई माफी दिएका थिए ।
राजधानी लिमामा भएको प्रदर्शनमा हजारौं सहभागी बनेका छन् । प्रदर्शन नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।
सन् १९९० देखि २००० सम्म पेरुको सत्ता सम्हालेका फुजिमोरीको विपक्षमा रहेकाले प्रदर्शन गरे पनि समर्थकले भने खुशीयाली मनाइरहेका छन् । उनीहरु अस्पतालमा भेला भई स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

२५ वर्ष शासन गर्दा फुजीमोरीले मानव अघिकार उल्लंघन र भ्रष्टाचार गरेको ठहर भएको थियो । २५ वर्षको जेल सजायँ काटिरहेका उनलाई अस्वस्थ भएपछि शनिवार अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति पाब्लोले गत हप्ता आफूमाथिको महाभियोग रोक्न फुजीमोरीलाई क्षमादान नदिने गरी आफ्नै पार्टीमा सहमति गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);