अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी

lockdown protest us

एजेन्सी, ७ वैशाख । अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् ।

टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे । राष्ट्रपति ट्रम्पका समर्थक भनिने उनीहरुले लकडाउनबाट अर्थतन्त्रमा असर परेको भन्दै प्रदर्शन गरेका हुन् ।

यसअघि उनीहरु बन्दुक नै बोकेर देशका विभिन्न भागमा प्रदर्शनमा उत्रिएका थिए । डेमोक्रेटहरुको सरकार रहेका राज्यहरुमा यस्ता प्रदर्शन गर्न राष्ट्रपति ट्रम्पले नै प्रदर्शनकारीलाई हौस्याएको विपक्षिले आरोप लगाएका छन् ।

स्वास्थ्य विज्ञहरुले अहिले नै लकडाउन खुकुलो गर्ने वा खोल्ने हो भने संक्रमण फैलिएर जोखिम झनै बढ्ने चेतावनी दिइरहेका छन् । राष्ट्रपति ट्रम्प स्वयंले लकडाउन खोल्न राज्यका गभर्नरहरुलाई बारम्बार दबाब दिइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);