बालुवाटारमा प्रदर्शनमा पानीको फोहोरा र लाठीचार्ज (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बालुवाटारमा प्रदर्शनमा पानीको फोहोरा र लाठीचार्ज (फोटो फिचर)

काठमाडौं, २७ जेठ । मंगलबार राजधानीको बालुवाटारमा लकडाउनलाई व्यवस्थित र कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।

सामाजिक अभियन्ता र सर्वसाधारणले लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेर तितर बितर पारेको थियो ।

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै प्रदर्शनकारीले त्यसको बिरोध गरेका थिए ।

प्रहरीले स्वतस्फूर्त रुपमा लकडाउनको विरोधमा उत्रिएका केही प्रदर्शन कारीलाई नियन्त्रणमा समेत लिएको थियो । प्रधानमन्त्री निवास बालुवाटार वरपरको निषेधित क्षेत्र प्रवेश गर्ने र लकडाउन उल्लंघन गर्ने गतिविधि देखाएकाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीको फोहोरा र लाठीचार्ज गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);