विराटनगर तनावग्रस्त,प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोहोरा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विराटनगर तनावग्रस्त,प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोहोरा

काठमाडौं, १४ जेठ । कोशी प्रदेशको नामाकरणको विरोधमा आज पनि आन्दोलन जारी छ । आज प्रशेससभाको बैठक बोलाइएको छ । आइतबार बिहान प्रहरीले विराटनगरका विभिन्न स्थानबाट २० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ गरिसकेको छ।

अहिले पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदेश छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।

कोशी नामाकरणपछि प्रदेश १ पुनः नामाङ्गक संघर्ष समिति आन्दोलित हुँदै आएको छ । प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट पनि प्रयोग गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);