बालुवाटार प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्यास | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बालुवाटार प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्यास

काठमाडौं, २९ जेठ । कोरोना नियन्त्रणमा खर्च भएको रकम सार्वजनिक र कोरोना परीक्षण दायरा बढाउन माग गर्दै बिहिवार राजधानीको बालुवाटार क्षेत्रमा सरकार बिरुद्ध प्रदर्शन गरिएको छ ।

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको रकमको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन । शान्तिपूर्ण रुपमा बिरोधमा उत्रिएका प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई पानीको फोहोरा हान्नुको साथै अश्रुग्यास प्रहार गरेर तितर बितर पारेको थियो ।

लकडाउनकैबीच सरकारले कर तिर्न ताकेता गरेको,राहत बितरण पारदर्शी नभएको र कोरोना परीक्षण दायरा नबढाएको भन्दै गत मंगलवार पनि सामाजिक अभियन्ता र युवाहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);