मेलम्ची नगरपालिकामा विद्यालय मर्जको अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेलम्ची नगरपालिकामा विद्यालय मर्जको अभियान सुरु

school

देवराज सुवेदी

मेलम्ची, २९ जेठ । स्थानीय सरकारले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान थालेका छन् । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दै गएको छ भने केही विद्यालयमा भने विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम छ ।

विद्यालयहरूमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मर्जको अभियान सुरु गरेका हुन् । लामो समयदेखि चल्दै आएको भएपनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयहरूलाई नगरपालिका तथा गाउँपालिकाहरूले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।

यस्तै मेलम्ची नगरपालिकाले विद्यालयहरु मर्ज तथा घटुवा गरेको छ । शिक्षा शाखाका प्रमुख रविप्रसाद शर्माका अनुसार सिद्धिगणेश आ.विमा रहेको ईसिडि देखि ३ सम्मलाई सेतिकादेवि मा.वि.मा समायोजन गरिएको छ ।

त्यस्तै जलेश्वरी आ.विको १ देखि ५ मध्य ४ र ५ लाई सरस्वति मा.वि.मा,मनकामना आ.वि.को ईसिडि देखि ३ सम्मलाई जाल्पादेवि मा.विमा ,कालिकादेवि आ.वि.मा रहेको ईसिडि देखि ८ मध्य ६र ८लाई हैबुङमहादेबस्थानमा , महादेवस्थान आ.विको १ र ३लाई कालिकादेवि आ.वि भिमसेनस्थानमा ,पंचकन्या आ.विमा रहेको ईसिडि देखि ८ मध्य ६ र ८ लाई तेर्से मा.वि.मा , ज्योतिभन्ज्याङ आ.विको ईसिडि देखि ८ मध्य ६ र ८ लाई श्रि बाल सुधार मा.वि.मा , तिनकन्या आ.वि.को १ देखि ३ लाई गोल्मेश्वरी आ.वि.मा , रक्तकालिको ईसिडि देखि ५ लाई गोल्मेश्वरी आ.वि.मा समायोजन गरिएको छ ।

त्यस्तै खडिकादेवि आ.विको ईसिडि देखि ३ लाई शीतलादेवि मा.वि.मा , हिरादेवि आ.विको ईसिडि देखि ८ मध्य ६ र ८ लाई शीतलादेवि मा.विमा , क्षेत्रपालेश्वरी आ.विमा रहेको ईसिडि देखि ५ मध्य ४ र ५ लाई भुमेस्थान आ.विमा , जागेश्वरी आ.विको १ देखि ३ लाई पचंकन्या आ.विमा , लालिगुँरास आ.विमा रहेको १ देखि ३ लाई महाकालि मा.विमा र श्रि सिद्धिगणेश आ.विमा रहेको १ देखि ३ लाई जालपादेवि मा.विमा समायोजन गरिएको शर्माले जानकारी दिनुभयो ।

स्थानिय तहले विद्यालय मर्ज गरिरहेको तर एकिन तथ्याकं नभएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);