सुमनाले पागलपन भनेपछि रामहरिको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

सुमनाले पागलपन भनेपछि रामहरिको आपत्ती

काठमाडौं, १४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा बोल्ने क्रममा पागलपन शब्द प्रयोग गरेपछि सांसदहरुले आपत्ति जनाएका छन् । आइतबार संघीय संसदको संयुक्त बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका हुन्। पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने सांसद खतिवडाको तर्क छ ।

सांसद श्रेष्ठले भनिन्,‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो।’ उनले त्यति भनेपनि सांसद खतिवडाले उठेर आपत्ति जनाएका हुन् ।

 

Leave a Reply