सदनमाथि सरकारको हालिमुहाली बन्द गरौँः सांसद श्रेष्ठ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौँः सांसद श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली भएको भन्दै यसलाई बन्द गर्न आग्रह गर्नुभएको हो । उहाँले मंगलवार बस्ने भनिएको सभाको बैठक मन्त्रिपरिषद् बैठकका लागि भन्दै स्थगित भएकोप्रति असन्तुष्टि जनाउनु भयो ।

उहाँले जनप्रतिनिधिको समयको केही मूल्य नहुने हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले संसद र मन्त्रिपरिषद् दुई निकायबीच समन्वय गर्न नसक्नेले धेरै मन्त्रालयका बीचमा समन्वय गर्ने खालको काम कसरी गरिएला ? भनेर प्रश्न गर्नुभयो ।

सांसद श्रेष्ठले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याइने गरिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);