रवि लामिछानेले आफ्नै ड्राइभरलाई धकेलेर हत्या प्रयास गरेको आइआइबीको निष्कर्ष (प्रतिवेदनसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

रवि लामिछानेले आफ्नै ड्राइभरलाई धकेलेर हत्या प्रयास गरेको आइआइबीको निष्कर्ष (प्रतिवेदनसहित)

काठमाडौं । इन्टरनेशनल इन्टेलिजेन्स ब्युरो आइआइबीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नै चालक शम्भु थापालाई खसालेर हत्या प्रयास गरेको निष्कर्ष निकालेको छ ।

आइआइबीले आज बुधवार प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै लामिछानेले योजनावद्ध तरिकाले हत्या प्रयास गरेको निष्कर्ष निकालेको हो ।

आइआइबी युवराज सफल नेतृत्वको नेपाल समाजवादी मोर्चाको व्युरो हो । उसले प्रतिवेदन सार्वजनिक गर्दै योजनावद्ध तरिकाले शम्भु थापाको हत्या गर्न मदिरा पार्टी आयोजना गरिएको उल्लेख गरेको छ ।
मुकुल ढकालको चालकलाई समेत हत्यामा प्रयोग गरिएको भनिएको छ । शम्भु थापाले रवि लामिछानेको आर्थिक पाटोको खुलासा गर्ने भएपछि हत्याको योजना बुनिएको आइआइबीले भनेका छ ।

गत सोमबार रविका सवारी चालक थापाको रविकै चितवन स्थित निवासको छतबाट खसेर घाइते भएका थिए । उनलाई दुई दिन चितवनकै कलेज आफ मेडिकल साइन्समा उपचार पछि हिजो काठमाडौंमा ल्याइएको छ । हाल उनको ललितपुर स्थित मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);