अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सरोकारवालाकाे आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सरोकारवालाकाे आपत्ति

काठमाडौं, २८ फागुन । सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्र्याउन सरकारले अध्यादेशको साहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकमा बोल्दै सांसद सोमप्रसाद पाण्डेले यस अघि नै कृषिमा विदेशी लगानी भित्र्याउनु हुन्न भनेर विभागिय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिएको भएपनि सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्र्याउन लागेको बताए । सानो प्वालबाट ठूलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उनले कृषिमा विदेशी लगानी स्वीकार्न नसकिने बताए ।

सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउनु नहुने बताए । कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उनको भनाई छ । लगानी भित्रिँदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा पनि बढ्ने उनको तर्क छ । सांसद प्रकाश रसाईलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताउनुभयो ।

कृषिमा विदेशी लगानी नभित्राउने भनिएको भएपनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागिय मन्त्री र सचिवहरुसँगको छलफल आवश्यक रहेको उहाँको भनाई छ । सांसद बृजेश गुप्ताले भने विदेशी लगानीलाई निषेध गरेर देश अगाडी बढ्न नसक्ने धारणा राखे । जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उनले कृषिमा विदेशी लगानीलाई मापदण्डको आधारमा भित्र्याउनु पर्ने बताए ।

राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले विदेशी लगानी सँगसँगै प्रविधि, प्राविधिक, मल, बिउबिजन पनि सँगै भित्रिने भएकाले लाखौँ कृषकहरुले कृषि पेशाबाट हात धुनुपर्ने अवस्था आउने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);