सांसद सरिता गिरीको राष्ट्रियता नेपाली की भारतीय ? | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सांसद सरिता गिरीको राष्ट्रियता नेपाली की भारतीय ?

sarita giri

पुुष्पा पोखरेल

काठमाडौं, २७ जेठ । संसदमा पेश भएको संविधान संशोधन सम्बन्धी सरकारी विधेयकमामाथि संसदमा संद्धान्तिक छलफलको तयारी भएको छ । छोटो बाटोबाट विधेयक पारित गर्ने भनेर यस अघि नै भनिए पनि बल्ल छलफलको तयारी गरिएको छ । जतिसक्दो छिटो विधेयक पारित गर्न चौतर्फी दवाब आइरहेको छ । सत्तापक्ष र विपक्षी दलले साथ दिने बचन दिई सकेपछि विपक्षी दलकै रुपमा रहेको जनता समाजवादी पार्टी र तिनका नेता भने यसको विरोधमा आफ्ना अभिव्यक्ति दिंदै आएका छन् । देशको सीमा सुरक्षामा पनि विपक्षी दलका नेताबाट विरोधको स्वर आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत जेठ ६ गते प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूमि समेटेर मन्त्रिपरिषद्बाट नेपालको नक्सा जारी गरिएको संसदलाई जानकारी गराउनु यता राष्ट्रियताको मुद्दाले फरक मोड लिएको छ । त्यस लगतै कालापानी, लिपुलेग र लिम्पियाधुरा समेटेर सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्यो । राजनीतिक नक्सा सार्वजनिक भएसंगै सत्तापक्ष प्रतिपक्ष तथा सर्वसाधारणहरुबाट सरकारको चौतर्फी प्रशंशा भयो । तर जनता समाजवादीकी नेतृ तथा पुर्वमन्त्री सरिता गिरीले भने यो ऐतिहासिक निर्णयमा आपति जनाउनु भयो । सांसद गिरिले भारत र चीनको सहमति विना यो सम्भव नहुने भन्दै संसदमै आपति जनाउनु भएको थियो ।

तराईबाट जननिर्वाचित सांसद गिरीको यो अभिव्यक्तिलाई राजनीतिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालको भूगोल बारेमा एउटा जननिर्वाचित सांसदले यसरी विदेशीको सामू नेपाल सरकारलाई चुनौती दिनुलाई स्वभाविक मान्न सकिन्न । नेपाली जनताको भावना विपरीत अभिव्यक्ति दिने सांसद गिरीले आफ्नो भनाईलाई थप पुष्टि गर्न भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले कालापानी, लिपुलेग तथा लिम्पीयाधुरा नेपालको नक्सामा नभएको बताउनु भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिदै आएका थिए । जब मन्त्री अर्यालले आफ्नो भनाइमा आशय नरहेको भन्दै क्षमा मागि सक्नु भएको छ । र अभिव्यक्ति सार्वजनिक भएपछि फेरी उहाँले नै नक्सा नै सार्वजनिक गर्नु भएको छ ।

२०६७ साल भदौ ११ गते डा. बाबुराम भटराई प्रधानमन्त्री भएको बेलामा श्रममन्त्री समेत बन्नु भएको सांसद सरिता गिरिले संसदमा बारम्बार रुपमा हिन्दी भाषामा विचार राख्दै आएका थिए । हरेक मिडियालाई नेपाली भाषामा छरपष्ट रुपमा बोल्दै आउनु भएको गिरी संसदमा भने हिन्दी भाषाको प्रयोग गरे ।

एउटा कलाकारले जान अन्जानमा बोलेको विषयले गालिको बर्षात गर्ने हामी जनता देशको नेतृत्व गर्न संसदमा प्रनितिनिधीत्व गर्ने सांसद संसदमै राष्ट्रियताको विषयलाई गलत भन्दै संसदमा हिन्दी भाषा प्रयोग गर्दा मौन सर्मथन गरिरहेका छौ । आम नागरिकले पनि यो विषयमा सोच्ने बेला आएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनता भन्दा ठुलो विषय केहि हुन सक्दैन ।

तर नेपाली मतदाताको मतबाट निर्वाचित भई संसदमा प्रतितिनिधित्व गरेकी सांसदले आफनो भूमि फिर्ता ल्याउने काममा गर्व गर्दैे सरकारको सर्मथन गर्नुको साटो नक्सा परिवर्तन गर्नु संविधान विपरित छ भन्ने किसिमको अभिव्यक्ति दिनुले सांसद सरिता गिरीको राष्ट्रियतामाथि गम्भीर प्रश्न उठेको छ । यसले सांसद सरिता गिरीको राष्ट्रियता नेपाली की भारतीय भन्नेमा गम्भीर शंंका समेत पैदा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);