राष्ट्रियताको विषयमा हामीमाथि शंका नगर्नु : सांसद कर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रियताको विषयमा हामीमाथि शंका नगर्नु : सांसद कर्ण

laxman_lal_karna

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले आफूहरुको राष्ट्रियताको विषयमा आफुहरुमाथि शंका नगर्न अनुरोध गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै उहाँ राष्ट्रियतामा शंका नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो “हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुईमत छैन । हामी पटक पटक भनिरहेका छौ । तर पनि आज मैले सुन्दा जुन अर्नगल कुरा सरकारपक्षबाट आएको छ भने त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यसकिसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ ?यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ । त्यसकारण यस किमिका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ । ”

उहाँले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भू भागसंग सम्बन्धीत विषय भएकाले संविधानको धारा ४ को क र ख लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “सुगौलि सन्धि भएकै हो । हार वा जीतको कुरा गर्ने होइन । समय सापेक्ष सुगौली सन्धि भएको हो । त्यसपछि देशले विभिन्न सन्धि गरेको छ । महाकाली सन्धि गरेको छ । १९ सय ५० को सन्धी गरेको छ । कस्ले कस्ले गरेको हो ? आत्मालाई साँझी राखेर आज सोचोस् । यो इतिहासको कालघडीमा के के गर्नुभयो ? राष्ट्रवाद त्यो हो । कस्ले भूमि गुमाए ? ”

भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनीक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);