विश्वका अधिकांश देशमा लकडाउन खुल्दै, दक्षिण एशियामा झन कडा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

विश्वका अधिकांश देशमा लकडाउन खुल्दै, दक्षिण एशियामा झन कडा

europe people

काठमाडौं, ६ वैशाख । कोरोना भाइरसले विश्वभरीमा १ लाख ५४ हजार ३११ मानिसको ज्यान गएको छ । शुक्रवारसम्म विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांक अनुसार, २२ लाख ५१ ह्जार भन्दा बढि संक्रमित छन् ।

कोविड–१९ रोगबाट बच्न धेरै मुलुकले लकडाउन लगाएका छन् । तर, कोरोनाले थला परेको युरोपका अधिकांश देशहरु लकडाउन खुलाउन शुरु गरेका छन् । अहिले दक्षिण एशिया र अफ्रिकाका देशहरुमा मात्र लकडाउन कडा पारिएको छ । एशियाका जापान, चीन लगायतका अधिकांश मुलुकमा नो लकडाउन र आंशिक लकडाउन रहेको छ । तर, युरोप तथा अमेरिकन देशहरु लकडाउन खुलाउन शुरु गरेका छन् ।

प्रतिबन्ध खुकुलो पार्ने मुलुकहरुमा धेरैजसोले बाँकि देशको तुलनामा लकडाउन पहिला घोषणा गरेका थिए । अर्थतन्त्र डुब्न लागेको र जनताले दुख पाएको कारण देखाएर यी देशहरुले लकडाउन खुलाउन लागेका हुन् ।

स्वीट्जरल्यान्ड
स्वीट्जरल्यान्डमा २६ अप्रिलसम्म सामाजिक दुरीका लागि लगाइएको प्रतिबन्ध जारी रहने छ । तर, यसपछि सीमा, स्कूल खोल्ने विषयमा विचार गर्न सकिने बताइएको छ । यदी भाइरस नियन्त्रणमा आयो भने मानिसलाई भेला हुने अनुमती दिन सकिन्छ ।

युरोपमा इटालीपछि सर्वा्धिक मृत्यू भएको स्पेनमा मानिस काममा फर्कन थालेका छन् । प्रहरीले यातायात केन्द्रमा मानिसलाई दिइएको देखिएको छ । करीब ३ लाख मानिसलाई काममा जाने अनुमती दिइएको छ । पसल, बजार र बार २६ अप्रिलसम्म बन्द रहने छ । यद्यपि यो फैसलाको बिरोध गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् ।

SWITZERLAND-HEALTH-VIRUS

चेक रिपब्लिक
यो मुलुकमा साइकल स्टोर, टेनिस, स्वीमिङ पुल खोलिने भएको छ । सरकारको यस्तो निर्णयलाई लिएर मानिसहरु उत्साहित भएका छन् । उनीहरुले सिस्टम राम्रो भएको बताएका छन् । मानिसहरुले जिम्मेवारीका साथ आफ्नो काम गरिरहेका छन् । मानिसहरुलाई मंगलबारदेखि बिना मास्क व्यायाम गर्ने अनुमती दिइएको छ । कुनै पनि खेलकूदमा २ भन्दा बढी मानिस एकैठाउँमा बस्न पाउदैनन् र उनीहरु शावर र लकरको प्रयोग गर्न पाउदैनन् । यहाँ बाहिरको भ्रमणको अनुमती पनि दिइएको छ ।डेनमार्क

यदी अवस्था स्थिर रहेमा डेनमार्कम किन्डरगार्डेन स्कूल खुल्ने छ । तर धेरैजसो प्रतिबन्ध लागू रहनेछ । यद्यपि चरणबद्ध रुपमा यसलाई खुकुलो पारिनेछ । १० मे सम्म १० भन्दा बढी मानिसलाई भेला हुनबाट रोकिएको छ । चर्च, सिनेमा हल र शपिङ सेन्टर बन्द रहने छ । अगस्टसम्म चाडपर्व वा भोज भत्तेरको आयाोजनामा रोक लगाइएको छ । यहाँ सीमा पनि बन्द रहनेछ ।

CZECH-HEALTH-VIRUS

नर्वे
नर्वेमा २० अप्रिलपछि केजी स्कूल खुल्ने भएका छन् । यसपछि कक्षा ४ सम्म खुला गरिने छ । युरोपका डब्लूएचओका क्षेत्रिय निर्देशक डा. हान्स क्लूगले युरोपको अवस्था चिन्ताजनक भएको र अझै प्रतिबन्ध खुकुलो पार्ने समय आइनसकेको बताएका छन् । युरोप यो महामारीको इपिसेन्टरको रुपमा रहदै आएको छ । विश्वभरीका सर्वा्धिक प्रभावित १० देशमा ७ युरोपका रहेका छन् ।

norway lockdown

अष्ट्रिया
साना पसल, हाहर्डवेयर तथा गार्डन स्टोर खोलिने भएको छ । सुपरमार्केट र सार्वजनिक यातायातमा मानिसले मास्क लगाउनु पर्नेछ । १ मे देखि शपिङ सेन्टर तथा शैलुन खुल्ने भएका छन् । मे महिनाको मध्यदेखि रेष्टुँरा तथा होटल खुल्ने छन् ।

austria lockdown

जर्मनी
जर्मनीले पनि लकडाउन खुलाउन थालेको छ । मे को शुरुवाटै सबै स्कुल कलेज संचालन गर्न सकिने तयारी जर्मनीले गरेको हो । अहिले पनि आंशिक रुपमा बजार क्षेत्र खुलाउने र अत्याबस्यक कार्यालय संचालनमा ल्याउने काम भइसकेको छ ।

germany lockdown

इटली
इटलीले कोरोना भाइरसबाट जनता पीडित भएपनि लकडाउनले अरु धेरै समस्या थपिएको कारण देखाएर लकडाउन खुलाउने तयारी शुरु गरिसकेको छ । विविसीका अनुसार, निरन्तरको लकडाउनले जनजिवन निकै खराब हुन थालेको इटली सरकारको निष्कर्ष छ । तर, फ्रान्स र वेलायतले भने लकडाउनलाई कायमै राखेका छन् ।

italy lockdown

उता अमेरिकामा लकडाउनको विरुद्ध प्रदर्शन शुरु भएको छ । अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जि्निया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।

usa lockdown

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् । तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ । ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने योजना बिहीबार सार्वजनिक गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);