भारतको राजधानी दिल्लीको राजौरी गार्डन विधानसभामा भएको उपनिर्वाचनमा आम आदमी पार्टीलाई झट्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतको राजधानी दिल्लीको राजौरी गार्डन विधानसभामा भएको उपनिर्वाचनमा आम आदमी पार्टीलाई झट्का

३१ बैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीको राजौरी गार्डन विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ ।

दिल्ली नगर निगमको निर्वाचन अघि भएको विधानसभाको उपनिर्वाचनमा आम आदमी पार्टीलाई ठूलो झट्का दिंदै विजेपीले बाजी मारेको हो । दिल्ली राज्यको सत्तारुढ दल आम आदमी पार्टी र मुख्यमन्त्री अरविन्द केजरीवाललाई यो निर्वाचनले ठूलो झट्का दिएको छ ।

यस अघि गोवा र पञ्जावमा भएको विधानसभा निर्वाचनमा पनि आपले हार व्यहोरेको थियो । पञ्जाव र गोवामा हार व्यहोरेपछि केजरीवालले इलेक्ट्रोनिक भोटिङ मेसिनमा गडबडी भएको आरोप लगाउँदै चुनाव आयोगमा उजुरी दिएका थिए ।

दिल्लीको रजौरी गार्डन विधानसभामा १० सिट मध्ये ६ सिटमा विजेपी २ सिटमा कांग्रेस आइ र अन्य दुई दलले एक–एक सिट जितेका थिए भने सत्तारुढ आप शून्यमा चित्त बुझाउन बाध्य भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);