चीनले दियो अमेरिकालाई चेतावनी, उत्तर कोरियालाई नै साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चीनले दियो अमेरिकालाई चेतावनी, उत्तर कोरियालाई नै साथ

उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएपछि चीनले दियो युद्वको चेतावनी, युद्धले विश्वलाई नै समस्या पार्नसक्ने चिनियाँ विदेश मन्त्रीको भनाई

चीनले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

बढ्दै गएको तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताउनुभएको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनको यस्तो भनाई आएको हो ।

चीन उत्तर कोरियाको नजिकको सहयोगीको रुपमा मानिदै आएको छ ।

उत्तर कोरियाका विषयमा बढ्दै गएको तनावका कारण हुने युद्धले गर्दा आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता जनाएको छ ।

चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने तथा धम्काउने क्रियाकलापबाट बचि भयावह अवस्था सिर्जना हुन नदिन सबै पक्षसँग आग्रह गर्नुभयो ।

अमेरिकाले कोरियाली प्रायद्विपमा आफ्नो एक नौसैनिक युद्धपोत तैनाथ गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली समस्याको समाधान खोजिने बताएपछि चीन थप चिन्तामा परेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);