एकाएक ट्रम्प बने चिनियाँ राष्ट्रपतिको ठुलो प्रशंसक, विश्व राजनीतिमा के पर्ला प्रभाव ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एकाएक ट्रम्प बने चिनियाँ राष्ट्रपतिको ठुलो प्रशंसक, विश्व राजनीतिमा के पर्ला प्रभाव ?

उत्तर कोरियासँगको तनाव कम गर्न चिनियाँ राष्ट्रपति सिले महत्वपुर्ण भुमिका खेलेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रशंसा, अमेरिका चीनसँग सहकार्य गर्न तयार रहेको भनाई

एकाएक ट्रम्प बने चिनियाँ राष्ट्रपतिको ठुलो प्रशंसक

कठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गर्नुभएको छ ।

समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताको क्रममा ट्रम्पले सी देशलाई माया गर्ने निकै असल व्यक्ति गरेको भन्दै प्रशंसा गर्नुभएको हो ।

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाका कारण उत्पन्न समस्या कुटनीतिक रुपमा समाधान गर्न चाहेको ट्रम्पको भनाई छ । तर कुटनीतिक रुपमा उत्तर कोरियाको समस्या समाधान हुने सम्भावना कम रहेकाले संघर्षको सम्भावना नकार्न नसकिने ट्रम्पले बताउनुभएको छ ।

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएलगतै उत्तर कोरियाका कारण उत्पन्न भएको समस्या समाधानका लागि केही नगरेको भन्दै चिनियाँ राष्ट्रपति सीको आलोचना गर्नुभएको थियो ।

उत्तर कोरियाको समस्या समाधानका लागि अमेरिका एक्लै तयार रहेको पनि उहाँले बताउनुभएको थियो । तर अप्रिलको सुरुमा चिनियाँ राष्ट्रपति सीसँग भएको भेटवार्ता तथा त्यसपछि भएका टेलिफोन वार्तापछि ट्रम्पको भनाई परिवर्तन भएको हो ।

ओभल कार्यालयमा रोयटर्ससँग भएको अन्तर्वार्ताको क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सीले द्वन्द्व र मानिसको क्षति नचाहेको बताउनुभयो । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर चिन्ता र चासो जनाउँदै आएको छ ।

यही विषयलाई लिएर उसले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी पनि गरेको छ । उत्तर कोरियाको बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक शुक्रबार बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);