बंगलादेशमा ७ जनालाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बंगलादेशमा ७ जनालाई मृत्युदण्डको सजाय

bangladesh desh sentence

एजेन्सी, ११ मंसिर । बंगलादेशको एक अदालतले ३ बर्षअघिको आतंककारी आक्रमणको दोषि ठहर गर्दै ७ जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ । बंगलादेशको राजधानी ढाकास्थित अदालतले बुधबार ७ जनालाई मृत्युदण्डको सजाय सुनाएको संचार माध्यमहरुले जनाएका छन् ।

सन २ हजार १६मा ढाकास्थित एउटा क्याफेमा आतंककारी आक्रमणहुँदा विदेशीहरु सहित २२ जनाको ज्यान गएको थियो । आक्रमणको योजनामा संलग्न रहेको आशंकामा मुद्दा खेपिरहेका ८ जना मध्ये ७ जनालाइ मृत्युदण्डको सजाय भएको हो ।

१ जनालाई भने अदालतले सफाइ दिएको सरकारी वकीलले जानकारी दिएका छन् । सरकारी वकिलले सजाय पाउनेहरु बंगलादेशको प्रतिबन्धित विद्रोही समूह जमात–उल–मुजाहिद्दिनका सदस्य रहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);